नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

जनताको आवाज जनताको आवाज
|
बिहिबार, आषाढ ११, २०८३
|
|
७ पटक हेरिएको
७ पटक हेरिएको
Shares
नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

सारांश

  • कर्णाली- प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
  •  प्रदेशसभाको आज बसेको बैठकमा नेकपाका सदस्यले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको हो ।
  • बैठक सुरुभएसँगै नेकपा कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको बजेटमा भएका कमजोरीका विषयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको सरकारले स्पष्ट जवाफ नदिएको धारणा राख्नुभयो ।

कर्णाली- प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा नेकपाका सदस्यले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको हो ।

बैठक सुरुभएसँगै नेकपा कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको बजेटमा भएका कमजोरीका विषयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको सरकारले स्पष्ट जवाफ नदिएको धारणा राख्नुभयो । उहाँले उद्देश्यविहीन र त्रुटीयुक्त बजेटमाथि उठेका प्रश्नको जवाफ नदिई पारित गरिनु सभा र जनताप्रति जवाफदेफिता नहुने बताउनुभयो ।

बजेट सन्तुलित, समन्यायिक र सामाजिक न्यायमा आधारित नभएको र यससम्बन्धमा सरकारले सुधार नगरुञ्जेल अगाडि बढ्न नदिने भन्दै नेकपाका प्रदेशसभा सदस्यहरूले अवरोज जनाएपछि सभामुख नन्दा गुरुङले १५ मिनेटका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

जनताको आवाज
जनताको आवाज
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?